News and Events |

NIC’s Innovation is displayed in Northeast Ohio Medical University

काठमाडौँको अमेरिकन दुताबासले हाम्रा अनुभबी र अनुसन्धानको काममा एकदमै समर्पित ३ जना ईन्जिनियरहरुलाई अमेरिका आउने भिसा नदिए पनि राष्ट्रिय आविष्कार केन्द्रमा बनेको एउटा बायो-मेडिकल उपकरण अमेरिकाको प्रदर्शनीमा राखियो र सबै भन्दा धेरै दर्शकहरुले मन पराएको पुरस्कार (People’s Choice Award) पनि जितियो ।

गत बर्ष देखि अमेरिकाको Northeast Ohio Medical University संग राष्ट्रिय आविष्कार केन्द्रले बायो-मेडिकल बिषयमा सहकार्य गरि रहेको छ । सो युनिभर्सिटीले बायो-मेडिकल उपकरणहरु को ईनोभेसन सम्बन्धि एउटा प्रदर्शनी राखेको थियो र आविष्कार केन्द्रलाई पनि निमंत्रना गरेको थियो । त्यसको लागी आविष्कार केन्द्रमा बनेको “न्यानो नानी” भन्ने नाम दिइएको बच्चाहरुलाई न्यानो बनाउने Baby Warmer पठाईएको थियो । सो प्रदर्शनीमा भाग लिने र प्रदर्शनी पछि एक महिने तालिम पनि दिने भनेर सो युनिभर्सिटीले हाम्रो तिन जना ईन्जिनियरहरुलाई निमन्त्रणा पनि गरेको थियो।

प्रदर्शनीमा हाम्रो बेबी वार्मर देखाइयो । बेबी वार्मर लाई एक्सप्रेस कार्गो द्वारा अमेरिका पठाइयो । हाम्रा इन्जिनियरहरुले नेपाल बाट नै जुम बाट भाग लिए । साथै सोहि युनिभर्सिटीका मेडिकल बिद्यार्थीहरुले दर्शकहरु लाई उपकरणको बारेमा बनाइएको पर्चाहरु बाँड्न मदत गरे र उनीहरुले जाने बुझे सम्मको बिस्तृत जानकारी पनि दिए ।

सो प्रदर्शनीमा डा. दामोदर पौडेल, डा. संजु महतो, प्रशान्त मानन्धर र म पनि थियौं । जे भयो राम्रो भयो ।

Source: Mahabir Pun FB Page
July 2022

Reach out to Nepal Consulate for inquiries

Contact Us