राष्ट्रिय आविष्कार केन्द्रको आजको बिशेष समाचार: हामी पुरानो सामानहरु मर्मत मात्र गर्दैनौं । नयाँ सामानहरु बनाउन धेरै किसिमको अनुसंधानहरु पनि गर्छौ ।
राष्ट्रिय आविष्कार केन्द्रले स्वदेशका तथा बिदेशका युनिभर्सिटी र रिसर्च सेन्टरहरु संग पनि सहकार्य गरिरहेको छ । यहि क्रममा आज North East Ohio Medical University, Global Health Innovation USA को प्रोफेसरहरु र बिद्यार्थीहरु संग जुम मा सहकार्यको लागी दोश्रो पटक छलफल भयो । सो मेडिकल युनिभर्सिटीमा मेडिकल फिल्डको धेरै अनुसन्धानहरु हुने रहेछ । त्यसैले आविष्कार केन्द्रले पनि उनीहरु संग मिलेर काम गर्न सकियो भने हाम्रा अनुसन्धानकर्ताहरुलाई पक्कै पनि धेरै फाइदा हुनेछ । अहिले सम्म Stanford University USA र Amsterdam University, Netherlands संग पनि अनुसन्धानमा सहकार्य भैरहेको छ ।
https://nicnepal.org/ 🙏🙏🙏
Source : Mahabir Pun FB Page